हिजो साँझ दरदर पानी दर्कियो
उनको यादले मेरो मुटु चर्कियो
जब चम्कियो बिजुली मेघ गर्जियो
त्यसै तरिंगियो मन पीडा बल्झियो
फुट्यो भक्कानो मूल फुटे झैँ
लडे आँसु र वर्षा जुहारी खेले झैँ
जति धेर झरी आज बर्षियो
त्यति धेर भेल आँसु छचल्कियो
सिम सिम पट्पट् खट्खट् फोस्रो
झरी साँझको कति नियास्रो
सुसायो यतिविघ्न परिवेश सारा
रसाए नयन अश्रु बलेसी धारा
चियाएँ वृक्ष डाली झरीमा लर्किनु लर्कियो
डम्म बादल घुम्म यो मन चस्किनु चस्कियो
कि ल्याएस् झरी शीतलता मेरी प्रियसीको
कि झरेस् अन्तै नल्याए भाव शुष्कताको
जब चम्कियो बिजुली मेघ गर्जियो
त्यसै तरिंगियो मन पीडा बल्झियो
हिजो साँझ दरदर पानी दर्कियो
उनको यादले मेरो मुटु चर्कियो
No comments:
Post a Comment