Tuesday, December 8, 2009

झरी साँझको

हिजो साँझ दरदर पानी दर्कियो
उनको यादले मेरो मुटु चर्कियो
जब चम्कियो बिजुली मेघ गर्जियो
त्यसै तरिंगियो मन पीडा बल्झियो
फुट्यो भक्कानो मूल फुटे झैँ
लडे आँसु र वर्षा जुहारी खेले झैँ
जति धेर झरी आज बर्षियो
त्यति धेर भेल आँसु छचल्कियो

सिम सिम पट्पट् खट्खट् फोस्रो
झरी साँझको कति नियास्रो
सुसायो यतिविघ्न परिवेश सारा
रसाए नयन अश्रु बलेसी धारा
चियाएँ वृक्ष डाली झरीमा लर्किनु लर्कियो
डम्म बादल घुम्म यो मन चस्किनु चस्कियो
कि ल्याएस् झरी शीतलता मेरी प्रियसीको
कि झरेस् अन्तै नल्याए भाव शुष्कताको
जब चम्कियो बिजुली मेघ गर्जियो
त्यसै तरिंगियो मन पीडा बल्झियो
हिजो साँझ दरदर पानी दर्कियो
उनको यादले मेरो मुटु चर्कियो

Thursday, December 3, 2009

अच्याल त सुइनान् की डाकुली काटी गैछ

कालकुते अनारकी सोराइ लागि रैछ
तेरी कोःली बोली की नराई लागि रैछ
सुइना नधेकिन्या कसो अचम्म भैछ
अच्याल त सुइनान् की डाकुली काटी गैछ

याद भौति औन्छी तेरी सुर्ता जति तथै छ
फामैका लाग्दाले नीन टुटी रैछ
टल्किन्या दन्त तेरा अनार कसी होइ रैछ
अच्याल त सुइनान् कि डाकुली काटी गैछ


दिन दोफरी कामले काटिझान्या र्यान
रात त सिने बेला फाम जाग्द्या भ्यान
भट्भटी धेक्दाइकी मन कसो भैछ
अच्याल त सुइनान् कि डाकुली काटी गैछ

सुर्ताइ सुर्ताले जिउ झुरी रैछ
एकलोइ रुन्छ मन हृदय जली रैछ
आइझाए मायालु सोर्राई झिक्कै छ
अच्याल त सुइनान् कि डाकुली काटी गैछ ।

Translated version:

Dreams have Died Young.

(I badly miss your beautiful round face,
So do I miss your so sweet voice.
So confounded, so bewildered-
Not having my dreams recurring
I have realised that
My dreams have died young!

I miss you so much that
My concentration is all taken away
Your deep thoughts result in insomnia
I am all alone wondering
To know what resonance
Your alluring queue of teeth make
To complement to your face
Like a shining red neon.
But no dreams recurring
I have realized
My dreams have died young!

Days occupied with work slip away
Nights drench in thoughts however
And take my sleep away
Restlessness to see you my heart rings
Sounding like a bell ding-dong
But with no dreams recurring
I have realized
My dreams have died young!

I miss you so much
That I look lost and emaciated
My mind meanders in your thoughts
While the heart endures a huge flame
Come in my dreams my love
I miss you so much.
I am wondering to know
What went wrong?
With no dreams recurring
I have realized that
My dreams have died young!)

Friday, November 6, 2009

कपर–टी र कपटीहरु


04Nov2009 at 13:30 Edit note Delete
कपर–टी अनि कपटी
एउटा गर्भ निरोधको अस्थायी उपाय
अर्को सत्यको विरोधको तीतो पर्याय
सारमा दुवै अवरोधहरु
उद्देश्यहरु भने नितान्त फरक ।

एउटाले जनसंख्याको व्यवस्थापनार्थ
प्रजननको गति रोक्न खोज्छ
अर्कोले स्वार्थपूर्तिका निम्ति
सत्यजति सबै थुन्न खोज्छ ।

इतिहाससँग दुवैको सम्बन्ध
क:ज एन्ड इफेक्टको प्रमाणित नाता
त्यसैले त,
हिजोका कपर–टीहरुले काम नगर्दा
ठूलै खति भएको छ यहाँ
अनवान्टेड प्रेगनन्सीका कारण
जन्मिएका छन् बहुमतमा कपटीहरु
र त, आज जताततै
तिनकै विगविगी
अनि हालीमुहाली छ ।

मेरा परिपक्व देशवासी हो
चेतौं अब त,
अव्बल दर्जाका
कपर–टी खोजौं बरु
अनि बेजोडको खोकाइले
रोमान्सका अवयवहरुले
नफुत्कियोस् 'टी‘
नचिप्लियोस् 'कपर‘
निरन्तर निगरानी बढाउँ अरु
किमार्थ केही सीप लागेन भने
कपूत कपटीहरु जन्माउनुभन्दा
स्थायी बन्ध्याकरण रोजौं बरु ।

Monday, October 26, 2009

गजल

अतृप्तिका गुनासा जति मनमनै मार्छौ किन
चाह लुकाई प्रत्येक कुरा बातैपिच्छे टार्छौ किन ?

उत्कण्ठाले पीडा दिन्छ अँचेटी यसलाई सँगालेर
नबोलेरै आँखाबाट आँसु तिमी झार्छौ किन ?

पीडा पोखे घट्छ था' छ साँची यसलाई मनमुटुमा
नभनेरै कसैसँग त्यसै तिमी टोलाउँछौँ किन ?

आफ्नो मान्छे आफ्नै हुन्छ मर्दा पर्दा साथ दिने
विरानोको स्वाङ रची मनमा गाँठो पार्छौ किन ?

अनन्तको हाँसोको मोल बिर्सेजस्तो रुन्चे बनी
दुख हुर्काई आफैभित्र खुशी तिमी साँच्छौँ किन ?

भूत भविष्यकै पिरलोमा वर्तमानको वैवभ विर्सी
निराश भई यतिविघ्न जुध्नेबेला हार्छौ किन ?

विषमताकै लेखा राखी अँध्यारो मात्र देख्ने बनी
जित्ने खेल जीवनका नखेलेरै हार्छौ किन ?

चाह लुकाई प्रत्येक कुरा बातैपिच्छे टार्छौ किन ?

Thursday, October 22, 2009

गजल

अतृप्तिका गुनासा जति मनमनै मार्छौ किन
चाह लुकाई प्रत्येक कुरा बातैपिच्छे टार्छौ किन ?

उत्कण्ठाले पीडा दिन्छ अँचेटी यसलाई सँगालेर
नबोलेरै आँखाबाट आँसु तिमी झार्छौ किन ?

पीडा पोखे घट्छ था' छ साँची यसलाई मनमुटुमा
नभनेरै कसैसँग त्यसै तिमी टोलाउँछौँ किन ?

आफ्नो मान्छे आफ्नै हुन्छ मर्दा पर्दा साथ दिने
विरानोको स्वाङ रची मनमा गाँठो पार्छौ किन ?

अनन्तको हाँसोको मोल बिर्सेजस्तो रुन्चे बनी
दुख हुर्काई आफैभित्र खुशी तिमी साँच्छौँ किन ?

भूत भविष्यकै पिरलोमा वर्तमानको वैवभ विर्सी
निराश भई यतिविघ्न जुध्नेबेला हार्छौ किन ?

विषमताकै लेखा राखी अँध्यारो मात्र देख्ने बनी
जित्ने खेल जीवनका नखेलेरै हार्छौ किन ?

चाह लुकाई प्रत्येक कुरा बातैपिच्छे टार्छौ किन ?

नआऊ तिमी

कहाँबाट झुल्क्यौ तिमी यति न्यानो किरण बनी
पगालेर मनको बरफ मेटाएनौँ प्यास पनि
नआऊ मेरो नजिकमा मीठो एउटा सपना बनी
शान्त मनको तलाउमा नउठाऊ तरंग पनि
नदेखेकै जाति बरु जे छ बरु ठिकै छ नि
नआऊ अब मनमा पनि विपनीको पीडा बनी
अप्राप्तिमा पीडा हुन्छ निराशाले घेर्छ पनि
नजिस्क्याऊ अब मलाई प्यास जगाउने चीज बनी
कहाँबाट झुल्क्यौ तिमी यति न्यानो किरण बनी
पगालेर मनको बरफ मेटाएनौँ प्यास पनि ।

ग्रहणमा मितेरी

समयको अन्तरालका प्रत्येक ग्रहणहरुमा
घोत्लिने गर्छु घरीघरी
प्रत्येक अँधेरीमा लाग्छ
कसैसँग मितेरी गाँसू
धेरैको मितज्यू जस्तै
एकपटक नै भए पनि
जिन्दगीको खुशी साटूँ ।
तर, हरेक चिजका मापदण्ड हेर्ने
गुण र दोषका तस्बिर कोर्ने
छिद्नान्वेषी विषिष्टताका कारण
बनेको छू रे एकलकाँटे ।

फेरि सताएको छ मलाई आज
शताब्दीकै लामो ग्रहणले
नयाँ सन्देशसहित
मित लगाउन लल्कार्दै ।
त्यसैले धृष्टता गर्दैछु आज
वर्गीकृत विज्ञापन गर्ने
खोज्न एक मनुवा म जस्तै
ग्रहणको बेला मितेरी गाँस्ने ।
मानव सागरमा एउटा
छुट्टै अस्तित्व बोकेको
मेरा जस्तै गुण र दोषहरु पालेको
'व्यस्तता' को खोल ओढेर
छिद्रहरु खोजी हिँड्ने
तदर्थ जिन्दगीअनि मानार्थ खुशी सँगाल्दै
अल्छी जीवन बाँचेको ।
उज्यालोको शत्रु
ठ्याक्कै म जस्तै राहू
सूर्यचन्द्र निल्न मुख बाउने
कोही छ मसित मीत लाउने ?

यो देश

गैंडे मान्छेहरुको यो देश
कोमल स्पर्शका अनुभूतिहरु जाग्दैनन् यहाँ
चिमोट्नुस् विचारार्थ अनि छोड्नुस् चित्कार
आर्तनादको आफ्नै डाँकोले गिज्याउँछ बरु
संवेदना जाग्दैन यहाँ ।

लोक मर्यादा र नैतिकता हराएको यो देश
त्यसैले त विधिका विरासतहरु काम लाग्दैनन् यहाँ
चाहे उराल्नुस् विरोधका स्वरहरु
दन्काउनुस् सङ्घर्षका ज्वालाहरु
डाम्छ डामिएकैलाई बरु
पोल्दैन पीडकलाई यहाँ ।
चुँलिदो विवेकहीनता र अमानवीयताको यो देश
लाज शरमको कुनै परिभाषा अर्थ्याउनै सकिन्न यहाँ
थप्नुस् एक इट्टा मानवीयताको जग उठाउन
दया धर्मको सिलसिला बचाउन
दलदलमा भासिएर त्यो बिलाउँछ बरु
ठडिन्न स्मारक मानवताको यहाँ ।

असंगत असाधारण विडम्बनामा बाँचेको यो देश
गुण धर्मलाई अति स्वार्थले एकैसाथ डस्छ यहाँ
लाग्नुस् एकोहोरो उपचारमा यसको
खुवाउनुस सकेजति ओखति पनि
उल्टै तपाईंलाई पनि रोग सार्छ बरु
छाडा सरुवा उन्मुक्तिको उपचार हुन्न यहाँ ।

रोगैरोगले इम्युनिटी शक्ति खाइदिएको यो देश
स्पर्शले अब लज्जावती पनि लजाउँदिनन् यहाँ
खै केलाई भन्दा देख्नेलाई लाज भने जस्तो
तपाईं लाजले आफै गल्नुहुन्छ बरु
पापीहरु स्वयं डेग डग्दैनन् यहाँ ।