Thursday, August 9, 2012

मेरो दृष्टिमा पाताल

किशोर नेपाल कृत पाताल पढेपछि छोटकरीमा यस्तो भन्न मन लाग्यो मलाई । १ जैविक आवश्यकताको कसीमा जोखिएको महिला मनोविज्ञानको शल्यक्रिया हो पाताल । २ पितृसत्तात्मक समाजको दृष्टिमा एक अतृप्त महिलाको मानसिक गुम्फनको निकास हो पाताल । पाप–पुण्य कर्तव्य र चाहना अनि यौन मनोवेग र कुण्ठारुपी राजमार्गको डाइभर्सन हो पाताल । किनकि पाताल जिकिर गर्छ–शरीर सत्य हो र मन पनि सत्य हो । मन वेश्याजस्तै भएर भौंतारिन थाल्यो भने शरीर कति पवित्र रहन सक्ला र ? मानवीय आकर्षलले सम्मोहित भएका बेला मर्यादाका सीमा साह्रै कमजोर बन्छन् । ३ बिम्व, भाषिक चयन र दर्शनको अचार पनि हो पाताल जुन प्रत्येक गाँस निल्न नभ्याउँदै चाँटु चाँटु लागिरहन्छ । मैले चाटेको अचारका बान्कीहरु अध्यापि ताजै छन् मन मष्तिस्कमा – सम्झनामा मात्र बाँच्न त सकिँदैन । सम्झना पनि सपनाजस्तै हो । तैपनि मानिसलाई मस्त सुतेरमात्र पुग्दैन । बेलाबेला सपना देखिएन भने जीवन बिरानो लाग्न थाल्छ । आफैसगँ नियास्रो लाग्न थाल्छ । तसर्थ तपाई हाम्रा सपनाहरुको पनि लिखित अनुमोदन हो पाताल । ४ निष्ठा र आस्थाको नाममा समाजले बोकाइदिएका कथित आदर्श चालचलनको भारी बोकेकी अतृप्त हरेक विमुख महिलाले शायद सोच्दिहुन् कि संसारका सबै पुरुषले पढून पाताल । तर पुरातनवादी र गुम्फनकै विवशतामा जिउने नारीमनको दृष्टिमा कूरुप सत्य र नग्नताको सार्वजनिकीकरण हो पाताल । ५ प्राकृतरुपमा हुर्कने सबै वैंशालु मनहरुका लागि अतीतको चम्किलो सम्झना र घुसघुसे पात्रहरुको साझा कथा पनि हो पाताल । ६ सरल तर भाषिक लालित्यका लागि र परिवर्तनका विभिन्न स्वरुपहरुबारे जान्न पढिनुपर्ने उपन्यास हो पाताल । ७ प्रत्येक निष्ठा र चरित्रवान नारी समेतको एकान्तको फेन्टासी हो पाताल । ८ केहि फितला प्रसंग र पुनुरोक्तिजस्ता लाग्ने कुराहरुबाहेक नारीको नियति र पुरुषको पौरखमा बाँच्न रमाउने समकालीन समाजको सफा एना पनि हो पाताल ।। २०६८ जेठ २६ गते । काठमाडौं ।

Friday, August 3, 2012

हिसाब कसरी चुकाऊँ म ??

मानचित्रको पूर्वतिरै भएपनि उज्यालो हुँदैन मेरो बस्तीमा पहिले बत्तीमुनिको अँध्यारो जस्तै ध्वाँसो हट्दैन मेरो आकाशको कहिल्यै ।। वातावरणीय चक्र बिग्रेर हो कि कुनै पुस्तौनी विरासतको रोगी आँखा देख्दैनन् पनि फिटिक्क मेरो बस्तीका लट्ठक जोगी ।। न आकाश फाट्छ छङ्ङ आफै र लाग्छ उज्यालो घाम न सुध्रिन्छन् यी वानप्रस्थहरु र नै सप्रिन्छ काम तमाम ।। रिसमात्र उठ्छ अचेल यिनका चर्तिकला देखी दाग्न सक्दिनँ यिनका कञ्चट पनि न नै सक्छु झार्न यिनका शेखी ।। द्विविधामा छु अचेल म– दक्षिणको घर गरुँ कि उत्तरको भर परुँ म विलखबन्दमा छु अचेल म– हर एक बेरुजु पुस्तौं पुस्ताका कसरी फर्स्यौट गराऊँ म कर्तुत लट्ठकहरुका ती हिसाब कसरी चुकाऊँ म ? 2012-August03@UNDP

Thursday, August 2, 2012

नाथे जनै वा रक्षाडोरो भन्नेहरुलाई

''जीवनमा न 'रक्षा' छ, न 'सुरक्षा'। अनि के को रक्षा बन्धन ? म त स्वतन्त्र युवा । खुला संसारमा रमाउछु ।'' जनै पूर्णिमा र रक्षाबन्धनको दिन। फेसबुकको भित्तोमा एकजना युवा पत्रकारको यो स्टाटसले झस्कायो आज । संसार आफ्नो स्वतन्त्रताको नाममा कति स्वच्छन्द हुँदै गएछ भन्ने कुराले एकछिन मन घोत्लियो । नजान्नेले यस्ता टिका टिप्पणी गर्दा खासै असर पर्दैन तर बुझकी मान्छेले यिनै कुरा गर्दा केही भन्न करै लाग्दो रैछ । विश्वविख्यात फ्रेन्च दार्शनिक रुसोको उक्तिबाट शुरु गर्दछु । मानिस स्वतन्त्र जन्मन्छ तर जहाँतहीँ ऊ जन्जीरमा जकेडिएको हुन्छ । हो यी जन्जीरहरु केही धर्मका छन्ऽ केही दायित्वका छन् त कैयौं कर्तव्यका छन् । कति सामाजिक सुव्यवस्थाका लागि अनिवार्य छन् त कति एच्छिक । कति वैज्ञानिक दृष्टिमा पनि तर्कसँगत छन् त कति ठोस आधार नभएका तर विश्वास र जनश्रुतिमा आधारित हुँदै परम्पराका रुपमा स्थापित छन् । केही प्रीतिकर छन् त केही आलंकारिक महत्वका । तसर्थ कुनै पनि सामाजिक व्यवस्थाको आलोचना गर्दा त्यसका गुण दोष पनि हेर्नुपर्दछ र त्यसो गर्दा सोझो गणितीय सनकमा अभिव्यक्ति दिइनु बुद्दिमानी हुँदैन भन्ने हो । हामीलाई नौटंकी लाग्ने कतिपय परम्पराहरुलाई आज विज्ञानले पनि पुष्टि गरिदिएको छ । र शाब्दिक अर्थमै कुरा गर्ने हो भने जीवनको रक्षा र सुरक्षा त कहीँ पनि छैन । रक्षा र सुरक्षा भनेको केलाई बुझ्ने । तर्ककै लागि तर्क र शाब्दिक अर्थमै कुरा गर्ने हो भने त स्वतन्त्र युवक भएर आधुनिक प्रविधिको सहारा आफ्ना अभिव्यक्ति स्वच्छन्द ढंगले राख्न पाउनु रक्षा र सुरक्षा भएरै हैन र ? अर्को कुरा समाज आफैमा मानव सभ्यताको निकै पुरानो संस्था हो र यो सञ्चालनका विधि विधान समय, परिवेश र भूगोल अनुसार छुट्टा छुट्टै छन् । मानव सभ्यताका न्यूनतम मान्यता र आधारहरु भने प्रत्येक समाजका मिल्दाजुल्दा छन् । रुपमा ती भिन्न देखिए पनि सारमा उस्तै छन् । द्राक्षफलम, अंगुर वा ग्रेइप जे भनिए पनि उही फल बुझाउने हो । जिसस, अल्लाह वा देवाधिदेव जे भने पनि अन्तिम सत्य र विश्वास उही अदृश्य शक्तिमा हो जसलाई हामी भगवान भनेर पुज्छौँ । संसारका कुनै पनि चाडपर्वहरु कुनै न कुनै रुपमा परम्परा र धर्मकै अभिव्यक्ति हुन् । नास्तिकहरुको कुनै परम्परा हुँदैन । न उनीहरुको कुनै निश्चित आस्था नै हुन्छ । सामाजिक परम्परामा सुधार भन्दा पनि उत्तेजना र उक्साहट प्रवाह गर्न ती तल्लीन रहन्छन् । आफ्नो निजत्वको हवाला दिएर बहुसँख्यक समाजलाई भड्काउने काम पनि बुद्दिमानीको काम होइन । झन् समाजमा सकारात्मक परिवर्तन गर्छु भनेर लागिपरेकाहरुलाई त यस्ता अपरिपक्व विचार अभिव्यक्त गर्न पटक्कै सुहाउँदैन । अब कुरो जनै वा रक्षाबन्धनको गरौं । यी दुवैलाई सतहीरुपमा रक्षा र सुरक्षाको शाब्दिक अर्थसँग मात्र गाँसेर हेर्नुहुँदैन । फेरि पनि कुरा मानव सभ्यताका विविध पाटाहरु जोडिनजान्छ । मानवीय जीवनका विभिन्न अनुष्ठानहरु हुन्छन् । र जीवन विभिन्नखाले संस्थाहरुसँग गाँसिएको वा बाँधिएको हुन्छ । निष्ठा, मर्यादा र आचरण शुद्धिका लागि बनाइएका यी केही पुरातन उपायहरु हुन् । स्वतन्त्रताको नाममा म कुनै अनुष्ठान मान्दिनँ र जीवनमा परम्पराका आफ्नै केही महत्वहरु हुन्छन् भन्ने कुरा नकारेरै हिँड्ने हो भने त त्यसमा कसैले टाउको दुखाइरहनुपर्ने कुरा भएन किनकि त्यो नितान्त वैयक्तिक कुरा भयो । स्वीकारयोग्य यथार्थ केचाँहि हो भने यी डोरीहरुको महत्व आजको युग सापेक्ष फेरिएको छ । आज यिनको महत्व र अर्थ केवल प्रतीकात्मक हुनगएको छ । तर धर्म र सदाचार अनि भातृ–भगिनीबीचको सम्बन्धको प्रतीकका रुपमा यी डोरीहरुलाई सदनियतपूर्ण तरिकाले ग्रहण गर्दा कुनै हानी भने छैन बरु केही आध्यात्मिक शान्तिको अनुभूति नै हुन्छ । यो कुरा पनि सत्य हो कि डोरी बाँधेर भ्रष्ट आचरण गर्नेलाई जनै वा रक्षा बन्धनले त के फलामे साङ्लोले पनि रक्षा गर्न सक्दैन । आध्यात्मिक विश्वास र चिन्तनले सदाचारतर्फ डोर्याउन मद्दत गर्छ र सदाचारले जीवनका विभिन्न आयामहरु उन्नत हुन्छन् । तिनै सदाचारका मार्गप्रशस्त गराउने औजारका रुपमा यी प्रतिपादन भएका हुन् । समय अचाक्लीरुपमा फेरिएको छ । ज्ञानको घेरा असीमित बन्न पुगेको छ। आज मान्छे हुनुको परिभाषा पनि कमोडिफिकेशनसँगै गाँसिएको छ । त्यसैले डोरी बाँध्ने सबै सदाचारी र नबाँध्ने सबै व्यभिचारी भन्ने निष्कर्ष अब सर्वथा गलत हुने अवस्था छ । त्यसैगरी रक्षाबन्धन बाँध्नेको रक्षा र नबाँध्नेको असुरक्षा हुन्छ कि भन्ने पनि कुनै विषय होइन । कुरा केवल आध्यात्मिक ग्रहणशीलताको हो । र कुरा चालु परम्पराबाट सही सन्देश लिएर यसलाई फरक ढंगमा अपनाउनुको हो । मानव सभ्यतामा ढुंगो देउताको रुपमा पुजिनु पनि यही विश्वासको कारण हो जसले जीवनलाई सत्मार्गमा डोर्याउन सहयोग पुग्छ । यसर्थ मूल कुरा ग्रहण गर्नेमा रहन्छ । जस्तो कि एउटा कवि कुनै हिमाललाई प्रेमिकाको रुपमा अर्थ्याउँछ, सादृश्य गराउँछ, त्यसैमा बग्छ र भावनाका सुन्दर अभिव्यक्तिहरु सिर्जना गर्छ भने आम मानिसले त्यो सौन्दर्यको भेउ विरलै पाउँछ । विश्वासमा आधारित आध्यात्म पनि यही कुरा हो । यहाँ वर्णित कविजस्तै विश्वासबाट अनुप्राणित भई नवशैलीमा आफुलाई एउटा अनुष्ठानमा बाँधेर आध्यात्मिक शान्ति वा मानसिक सन्तुष्टि लिने वा स्वतन्त्रताको नाममा सामाजिक परम्पराका तागत र सौन्दर्यलाई उपेक्षा गरीहिंड्ने ? छनौट फेरि पनि सर्वथा निजी हो ।

Tuesday, July 31, 2012

यसर्थ पनि नयाँ चुनाव ।

यस तर्कसँग विमति छैन कि कुनै संविधान, कानून, शासन अथवा निकायको वैधानिकता एक आयामी नभई वहुआयामी प्रकृतिको हुन्छ । त्यसको उत्पत्ति कहाँबाट र कुन प्रक्रियाबाट भएको छ - लक्षित समूहद्वारा त्यसको कत्तिको सम्मान, र्समर्थन र पालना भएको छ - जुन प्रयोजनका लागि त्यसको उत्पत्ति भएको छ त्यो लक्ष्य प्राप्तिको लागि त्यो कत्तिको सक्षम छ - र त्यसको औचित्य कस्तो छ - लगायत कुराहरुले त्यसको वैधानिकता निर्धारण गर्दछन् । सामान्य अवस्थामा उत्पत्ति गर्ने संस्था र उत्पत्तिको प्रक्रियाबाट त्यसको कानूनी वैधानिकताको निर्धारण हुन्छ । वैध प्रक्रियाबाट स्थापित अख्तियार प्राप्त निकायले वैधानिक प्रक्रिया पूरा गरी निर्माण गरेको संविधान, कानून, शासन अथवा निकाय कानूनी रूपमा वैधानिक मानिन्छ । यस प्रति लक्षित समूहले प्रदान गर्ने सम्मान, र्समर्थन र पालनाले यसको राजनीतिक वैधानिकताको निर्धारण गर्दछ भने त्यसको औचित्य एवं जुन लक्ष्य प्राप्तिका लागि यसको उत्पत्ति भएको हो त्यो लक्ष्य प्राप्ति गर्ने यसको क्षमताले त्यसको नैतिक वैधानिकताको निर्धारण गर्दछ । १ कानुन व्यवसायी बुद्दि कार्कीका यी विचारहरु केही हदसम्म सही छन् र गम्भीर पनि । कुनै कुराले राजनैतिक र नैतिक वैधानिकता गुमायो भने त्यसको कानूनी वैधानिकताले मात्र त्यसलाई बचाउन सक्दैन । मेरो बुझाइ र तर्क पनि यही प्रस्तावनामा निहित छ ।प्रारम्भदेखि नै २ वर्षे कार्यकाल तोकिएको सभा ४ वर्षसम्म आइपुग्दा पनि र न्यायपालिकाको चेतावनीयुक्त्त फैसलासमेतको हेक्का नराखी सहमतीको नाममा विविधखाले आलाप जप्दै र सम्भाव्य विकल्पसमेत नअपनाई म्याद गुज्रिनदिनुले यस सभाका मण्डलीहरुको नैतिक धरातल गुमेको अवस्था हो । सभाको औचित्यसमेतमा यस अनैतिक प्रवृत्तिले प्रश्न उठाइदिएको छ ।र क्षमताको प्रश्नलाई व्यापक अर्थमा बुझ्ने हो भने संविधान आफैमा सम्झौताको दस्तावेज हो र सोका लागि दिन र लिन सक्नुपर्ने उदारता पनि एउटा योग्यता हुन्छ।लिन वा भोग गर्न मात्र चाहनु तर दिन वा त्याग गर्न नचाहनु वा नसक्नु अक्षमताको एउटा पाटो हो। सम्झौता गर्न नचाहने एउटा पुरातनवादी प्रवृत्ति र अग्रगामीको नाममा सस्तो लोकप्रियता बाँडिहिड्ने अर्को प्रवृत्तिलाइ क्षमतासँग यसर्थ जोडेर हेर्नुपर्दछ कि यही चिन्तनले अन्तत समग्र प्रक्रिया तुहिन गएको छ । कारण जेसूकै भएपनि विफलता आंशिक सफलता होइन र हुन सक्दैन । सार्वभौमसम्पन्नताको छनक दिई आफ्ना मुद्दा आफै सल्टाउनसक्ने योग्यताले मात्र क्षमता बुँझिदैन । न त यो केवल प्राविधिक ज्ञानमात्रको बिषय हो ।सभाको क्षमताको समष्टिगत अर्थ देश पुस्ता र अन्तर राष्ट्रसमेतको विश्वास सहयोग र समर्थनलाई माथ गर्न सक्नु हो । यस अर्थमा सभा विफल रह्यो र यसको पुनस्थापनाको औचित्य समेत समाप्त हुन गएको छ। २। संसद पुनस्थापनाको आधार जनसमर्थन र सहयोगको जगमा निर्मित वैधानिकता थियो।४ वर्षअघि एउटा लक्ष्य प्राप्तिका लागि चुनेर पठाइएको सभा हालको अवस्थासम्म आइपुग्दा यसको जनताद्वारा अनुमोदित वैधानिकताको शुरुवाती वा उत्पत्तिको स्वरुपमा धेरै अन्तर आइसकेको अवस्था छ । युद्धको त्रासदीबाट भर्खरैमात्र मुक्त भएको वा युद्धकै छायाँमाझ उभिएर नेपाली जनताले प्रत्येक दललाई दिएको मतको आधार शान्ति समृद्धि सामाजिक सहिष्णुता र सबैका लागि समान अवसर तथा पहुँच सुनिश्चित गर्ने संविधान लेखन थियो ।वास्तविकता जे भए पनि र मत जसरी दिइए पनि विधिशास्रत्रीय हिसाबले हेर्दा दलीय एजेण्डा तत्कालीन चुनावको मुख्य आधार हो भन्ने अर्थ हुनआउँछ । दलीय एकल एजेण्डाको आधारमा चुनिएका सभासदहरु आज चिराचिरामा औपचारिक रुपमा विभक्त भएका छन् । २५ दललाइ अनुमोदन गरेका जनताले आज झण्डै ३४–३५ दलहरुलाई देख्नुपरेको अवस्था छ । र उसको सग्लो रुप हेरेर सबैभन्दा ठूलो दलका रुपमा जनताले जिताइदिएको माओवादी आज स्पष्ट दुई चिरामा विभक्त छ र उसले त्यसको औपचारिक परिचय संविधान लेखनको क्रममा वा कानुन निर्माणका क्रममा थुप्रै ठाउँमा दिइसकेको अवस्था छ । एवं रीतले मधेशी दलहरुको कथा पनि उस्तै छ । एमालेभित्र पनि सो रोगले जरा गाडिसकेको छ । विमती राख्नु नैसर्गिक प्रजातान्त्रिक अधिकार हो तर दलीय व्यवस्थामा दलको हैसियत के रहन्छ ? राष्ट्रको भविष्यरेखा कोर्ने जस्तो कार्यमा दलभित्रैबाट यसरी यस अवस्थामा आएर टुक्रिनुले विधिको र जनमतको उपेक्षा बाहेक केही गरेको ठहरिँदैन । र यस्तो कार्य निर्वाचनमार्फत गरिएको दलीय एजेण्डाको अनुमोदनको प्रतिकूल कदम पनि हो र जनताले त्यसलाई कुनै उपायमार्फत परीक्षण गर्न नपाउन्जेलसम्म त्यो अवैधानिक पनि हो। गधा किन्न पठाएको तर खच्चड किन्ने मान्छेले आफ्नो साखको दावी गर्नु तबमात्र कानुनसम्मत हुन्छ जब किन्न पठाउनेले त्यसलाई मञ्जुरी दिन्छ । घोडा किन्न पठाइएका तर खच्चड किनेर आफ्नो हैसियत र औचित्य अझै रहेको पुष्टि गर्न खोजिरहेकाहरुको कदम वा विचारलाई जनताले अनुमोदन गर्नु पर्छ कि पर्दैन ? बहुजातीय वा एकलजातीयको प्रश्न पनि यही तर्कका आधारमा निरुपण गरिनुपर्दछ । यी दलीय गुट उपगुटहरुको स्वघोषित नैतिक र कानूनी वैधताको धरातल कोल्याप्स भएको यस परिप्रेक्ष्यमा सभा व्युँताउनुको कुनै अर्थ हुँदैन । समय यी दावीहरुको पुनपरीक्षणको हो जसका लागि निर्वाचन नै उत्तम विकल्प हो यध्दपि यो न सस्तो छ न सारै रुचिकर नै । ३। संसद पुनस्थापनाको दिन सबै तह तप्का र दल एवं जनताबाट एक प्रकारको अनुमोदन भएको अवस्था थियो । उल्टो तर ठिक त्यही शैलीमा आज पनि सभा विघटनप्रति सबैले दुखका साथ अनुमोदन गरेका छन् । यस मौन अनुमोदनको अर्थ फेरि पनि जनताको यी दलहरुप्रतिको विश्वास र भरोसासँग गाँसेर हेर्नुपर्ने हुन्छ।आस्था र विश्वास हुन्थ्यो भने आफ्नै भविष्य यसरी अध्याँरोमा जाकिँदा जनता स्वयं आफ्ना दलहरुको अप्ठेरो गार्होसार्हो फुकाउन अघि सर्थे जुन न भयो र न हुनेवाला नै देखिन्छ । ४।यी र यस्तै अन्य कारणहरुबाट निर्वाचनको अपरिहार्यता पुष्टि हुन्छ । तसर्थ संविधान संशोधनका लागि विशेष उपाय अपनाई नयाँ निर्वाचनमा जानु नै युक्तियुक्त हुन्छ वर्तमान सन्दर्भमा र गतिरोध अन्त्यको सही समाधान पनि यही विन्दुबाट खोजिनुपर्दछ ।

Thursday, July 26, 2012

My Casino Visit


By: Dila Datt Pant(Dilip)
February 28, 2007

There is nothing to surprise to say that we have friends of both rich and poor and good and bad categories. Last Friday, I got a chance to go to Casino Tara with one of my Spanish friends who falls in the first of the first category mentioned above and also likes to be called Saroj, a typical Nepali name. Frankly speaking it was my first to such places where people play with money, see shows, eat the delicacies or lounge in royal suites. Prior to this I had a thought that gambling is a terrible vice and entering a casino would be an ultimate sin. But entering it, I soon realised that my beliefs were not quite just. I found it a life time experience. I was forced to change my obsession about casino. I knew it was just another form of recreation-a recreation to cherish for long at that.

The story of my experience starts with Saroj’s seating to a fairly crowded table where some human lollipops were assigned, may be to mitigate the losing customers' pain in big deals at bets. With some hesitation I managed to sit next to him .For a few minutes, Saroj led with a good fortune but the things did not remain the same .I could at least understand that he was on a gradual loss ,though I did not know other tit bits of the game. Neither did I find it interesting to watch nor could I stay still and unstressed on his loss. So I chose for going around other tables and asked for his consent. He agreed and asked me if I was interested to join the roulette over the next deck. I simply said "no". But when I saw the roulette operation and realised that my little mind could understand at least the maths of winning and losing, a sensation tickled me badly and I could not help taking out the single note of RS.500 well-tucked in the innermost part of my wallet. The emergency fund that I always let it unspent despite the haunting problems and the dire needs in some point of time. But this time, I didn't bother much to think over its utility side. Excitement won over the conscience and I asked the attendant to change it for the credits as required in the roulette. My whole capital could buy so called 30 credits for the roulette rule. The excitement soared. I forgot who I really was. With the so much smooth responses received from the attendants, I thought I was also an equally valid customer and a gambler of the rank of those present there. Amidst these all the stormy calculations and with the little knowledge, I decided to imitate the nearby Indian gambler. With no delay I chose 3 numbers to lay my bet. My numbers were 0,7,19 and I pressed x10(multiply ten times) button for each. Within a few seconds of rotation, the roulette ball fell in the no.15. I din't even get much time to pray for God or to reinforce my own wishes of winning. In the seconds of time there emerged a warning on my board reading -your credits have finished!! Not only the credits but I thought I myself was finished. I could not even surprise much on what had happened let alone entertain! I knew that I had pressed 10 times for 3 numbers meaning that it was equal to 30 credits-my whole bank! I was drowned. I had nothing to do then than to just unwillingly drag myself to my losing friend on the other corner. After this and that experience of about 3 hours we left for home disappointed. On the way home, Saroj asked me if I played the roulette. I lied him and said I didn't. But my heart was secretly telling that within 30 seconds I had lost 30 credits (300IC) which would have bought me some 30 kilos of rice for at least 30 days! Oh casino! No cash-in-'no'!

Wednesday, July 25, 2012

डार्क रुमको खोजीमा

केही तिम्रो साथको कुरा केही लक्ष्यका कुरा केही प्राप्तिका कुरा त केही काँडा अनि फूलका कुरा सुन्दर सपनीको संसार हिजो, आज र भोलिको एक अमूर्त फ्युजन अनि मेरो तिर्सनाको कैदी ज्यूँदो जाग्दो तस्विर त्यो । हो, म त्यही सुन्दर दृष्यको आकृति लिई आवश्यक सरसामग्रीसहित एकतमास कुदिरहेछु डार्करुमको खोजीमा मलाई मेरो सपनाको नेगेटिभ पोजिटिभ बनाउनु छ र छोड्नुछ मीठो सम्झना एक विरासतस्वरुप उज्यालो तस्विरमा । इच्छा छ भने आऊ तिमी पनि र, साझेदारी गर डार्क रुम एक्सपेरीमेन्टमा आखिर तिम्रा र मेरा सपनाको कोलाज उस्तै उस्तै त छ नि ।।