Saturday, May 16, 2015

भोसडीवाला भुकम्पे


भरथेग जुटाएका आशाहरु टुटाएर
स्वप्निल संसारका सपना लुटाइस्
रहर अनि चाहनाका जगै भत्काएर
विपनाका विभत्स स्वरुप पनि देखाइस्
न भए गरेका छोडिस् न बन्नेवाला छोडिस्
उचाली पछारी खग्रासै निम्त्याइस्
पहाडै उचाल्ने उग्र तँ कस्तो हनुमन्ते ?
साला निर्लज्ज भोसडीवाला भुकम्पे ।।

शरणको मरण नगर्ने मानवीय नीति हुन्छ
युद्धमै पनि समर्पण गर्नेलाई बचाउको रीति हुन्छ
तँ शठ एकोहोरो पछारिएकैलाई पछार्छस्
लिइसकेर हुर्मत जति फेरि पनि के लछार्सस् ?
परिवार सबैलाई त एक राश पारिस् पारिस्
बाँच्ने जतिलाई पनि ज्यूदैँ लाश बनाइस्
सुन्नेमात्रै भए पनि तलार्इँ म के के भन्थेँ
साला निर्लज्ज भोसडीवाला भुकम्पे ।।

नानाथरि ठगहरुले हिजोसम्म सास्ती दियो
घरि रोग त घरि शोकमा व्याकुलताको यात्रा थियो
आशा किन्तु राखेर एउटा गन्तव्य पुग्ने ध्येय थियो
उचालेर अनायास तावाबाट भुंग्रोमा फालिस्
आसुँ र रगत पिएर हाम्रो टार्नु छाक टारिस्
असत्ति हन्तकाली तँ अझै दाह््रा किटकिटाउँछस्
पर्सिएको बोका झैँ तँ अझै जिउ थरथराउँछस्
देखिने मात्र भए पनि तलाईँ कालीकै नाममा छिनाल्थँे
तात्तातै रगतको टीका लगाई प्रतिशोधमा भन्थेँ
लुखास्त निर्लज्ल भोसडीवाला भुकम्पे ।।

No comments: