Saturday, May 16, 2015

भोसडीवाला भुकम्पे

भरथेग जुटाएका आशाहरु टुटाएर
स्वप्निल संसारका सपना लुटाइस्
रहर अनि चाहनाका जगै भत्काएर
विपनाका विभत्स स्वरुप पनि देखाइस्
न भए गरेका छोडिस् न बन्नेवाला छोडिस्
उचाली पछारी खग्रासै निम्त्याइस्
पहाडै उचाल्ने उग्र तँ कस्तो हनुमन्ते ?
साला निर्लज्ज भोसडीवाला भुकम्पे ।।

शरणको मरण नगर्ने मानवीय नीति हुन्छ
युद्धमै पनि समर्पण गर्नेलाई बचाउको रीति हुन्छ
तँ शठ एकोहोरो पछारिएकैलाई पछार्छस्
लिइसकेर हुर्मत जति फेरि पनि के लछार्सस् ?
परिवार सबैलाई त एक राश पारिस् पारिस्
बाँच्ने जतिलाई पनि ज्यूदैँ लाश बनाइस्
सुन्नेमात्रै भए पनि तलार्इँ म के के भन्थेँ
साला निर्लज्ज भोसडीवाला भुकम्पे ।।

नानाथरि ठगहरुले हिजोसम्म सास्ती दियो
घरि रोग त घरि शोकमा व्याकुलताको यात्रा थियो
आशा किन्तु राखेर एउटा गन्तव्य पुग्ने ध्येय थियो
उचालेर अनायास तावाबाट भुंग्रोमा फालिस्
आसुँ र रगत पिएर हाम्रो टार्नु छाक टारिस्
असत्ति हन्तकाली तँ अझै दाह््रा किटकिटाउँछस्
पर्सिएको बोका झैँ तँ अझै जिउ थरथराउँछस्
देखिने मात्र भए पनि तलाईँ कालीकै नाममा छिनाल्थँे
तात्तातै रगतको टीका लगाई प्रतिशोधमा भन्थेँ
लुखास्त निर्लज्ल भोसडीवाला भुकम्पे ।।

Friday, May 15, 2015

हिजोआज व्यक्तित्वको ‘मेजर शक’ र प्रस्तुतिका ‘आफ्टर शक’हरुबीच तादाम्य देखिन्न

जीवन–एक जीजीविषा अनि फगत् तृष्णा

Dildattaसमय कठिन छ । भूकम्पको भय र क्षतिले देश स्तब्ध छ । यस्तो बेला व्यवस्था चिनिँदो रहेछ, छिमेकी चिनिँदो रहेछ र लाएको गुन तिर्नेहरु वा पैँचो दिनेहरु भेटिँदा रहेछन् । मानवीय सहयोगका खातिर विश्व जुट्न खोज्दा आफै भित्र लोभ र स्वार्थले टुटेका अनुहारहरु पनि देँखिदा रहेछन् ।
भनिन्छ कठिन समयमै मानिसको सामर्थ्य वा कमजोरीको पहिचान हुने हो । भूकम्पको त्रासदीका बीच यस्ता मान्छेहरु र बुँख्याचाहरुको लेखाजोखा गरेँ मैले पनि यसपालि । भूपिको हल्लै हल्लाको देश कविता पढेको थिएँ, यसपालि अनुभूत पनि गरेँ ।

थरिथरिका मान्छे देखिए । राजनैतिक नेतृत्व तथा सत्ता सुझबुझका पत्रहरु पनि छ्वाङ्ङै देखिए । आम निराशाको वायु बहदाको प्रभाव असरल्ल देखियो जताततै । आफ्नो स्वतन्त्रता र झुण्डमा केन्द्रित असंवेदशील बन्दो एक उमेर समूहका युवा युवतीका भाति भाति व्यवहारहरु देखिए ।

त्यसो त पीडाले पोखिएका असंख्य मनहरु पनि भेटिए । यी र यस्तै अनेक प्रवृत्ति र चरित्रका मान्छेहरुको बीचमा चिन्दै बुझ्दै आएको एक पात्रले मेरो ध्यान विशेषरुपमा खिच्यो । फरक व्यवहारको प्रतिनिधि भएर देखियो–अभय यतिबेला। त्यसो त जीव जन्मेकै दिनदेखि उसँग एक जीजीविषा हुन्छ ।

त्यस्तो रहर, आकांक्षा र चाहनाको सिलसिला विभिन्न माध्यम र अवसर विशेषमा अलि प्रष्ट देखिने पनि रहेछ । चोट वा शोक पर्दा बालवयमा निस्किने च्याँ च्याँ वा सुक्क सुक्कका अभिव्यक्तिहरु फेरिएर कालान्तरमा मन मुटुका कम्पन बनिदिँदा रहेछन् । सतहमा नदेखिने भौगर्भिक प्लेटहरूबीचको चापजस्तो ।

त्यस्तै गरी कुनै समयका सतही रहरहरू उमेरसँगै लोभमा बदलिँदा रहेछन् । यी विविध अभिव्यक्तिका रुपहरू फेरिए पनि सारमा भने उही हुँदो रहेछ जीवन–एक जीजीविषा अनि फगत् तृष्णा । त्यही भूलभूलैया नै रहेछ शायद जीवन । तर तृष्णाका पनि फरक फरक म्याग्निच्युड र समयअनुसारका रङ्ग हुँदारहेछन् क्यार।

अघिपछिको एउटा बेजोड जीजीविषा, प्रस्तुति र व्यक्तित्व बोक्ने अभय यसपाली भने अर्कै भूमिकामा देखियो । हुन त आम मानिसको जीवनको सिलसिला जति व्यतित हुँदै जान्छ, शायद त्यति उसले सत्य स्वीकार गर्दै जान्छ क्यार । जीवनको कटुसत्य उद्घाटन हुँदा मान्छे सहजै पचाउन सक्दैन भनिन्छ । यस्तो सत्यको अन्तर्यबारे गहनरुपमा तत्वबोध हुन नसके केवल भयमात्र महसुस गर्छ रे मान्छेले । एक बालकले भयानक भूतको डर पालेजस्तो ।

सामान्यतया विज्ञान र कर्मका बान्कीहरु जोडेर आफ्ना समकक्षीहरुमाझ असाधारण देखिने अभय यो भूकम्पीय त्रासदीको बेला घरी अत्यासका, घरी भाग्यवाद, त घरी निराशाका स्वरहरु निकाल्छ । उसको व्यक्तित्वको “मेजर शक” र प्रस्तुतिका “आफ्टर शक”हरुबीच तादाम्य देखिन्न हिजोआज–गत बैशाख १२को भूकम्प र सोपश्चातका पराकम्पनहरुजस्तो ।

गाह्रो साह्रो पर्दा अभय प्राय सबैको सान्त्वनाको स्रोत थियो हिजोसम्म । समकक्षीहरुले आफूभित्रका निराशा, त्रास, पीडा र असहायपनका स्वर निकाल्दा ऊ जीवनका सन्तोष र उपेक्षित उपलब्धीका रंगहरु देखाउँथ्यो उनीहरूलाइ । अशक्त एवम् अनाथहरुसँग तुलना गराई जीवन बाँच्नै पाएको कुरा लिएर पनि नाफाको जिन्दगीको परिभाषा गर्दथ्यो । विविध खाले डर र चिन्ताले आफ्नो ढ्याङ्ग्रो बजिरहे पनि ऊ अरुलाई डराउनु हुन्न, संयम राख्नुपर्छ, आखिर जाने त रित्तै हो नि भन्थ्यो ।

तर आज यी सबै प्रस्तुतिहरुमा एकाएक बदलाव देखिएको छ उसमा । बारम्बारको भूकम्पनसँग उसका विश्वास र आशा डगमगाएका प्रतीत हुन्छन् । सन्तोष र कर्मका सानामसिनै तिन्काहरु समेत बटुल्न सिपालु अभय आज भय र भाग्यका कुरा गर्छ । गुँड निर्माणार्थ व्यस्त भँगेराजस्तै चुच्चोमा केही न केही बोक्ने धूनमा देखिने अभय एक भयानक तथा दुर्बोध्य डरले गहिरो पीरमा देखिन्छ हिजोआज । भूकम्प पीडितहरुका घाउमा सबैले मलम लगाउन खोज्दा सक्रिय हात दिइरहेको छ उसले पनि ।

तर आफ्नो उन्मुक्त हाँसो र निर्भय व्यक्तित्व कतै गुमाएको छ उसले । भुँइचालका प्रत्येक कम्पनहरुसँगै जीवनप्रतिको आशक्ति र मोहको कलेवर फुंग उडेको छ उसको अनुहारबाट । यसको ठिक उल्टो । म डरपोक बरु जसोतसो साहस बटुल्दैछु । अन्यथा भूच्चुक पनि म उज्यालो जूनको कुरा सोच्दैछु । भूकम्पीय आफ्टर शकका पनि कति फरक फरक प्रभावहरू खै । परख गर्दैछु आज । र म सोच्दैछु पनि –खग्रासै सही ग्रहण त ग्रहणै हो अल्पकालको, त्यसपछि उज्यालो नभई अरु के हुन्छ र ? रातपछि बिहान नभएर सुख छ र ?
दिलादत्त पन्त
समय कठिन छ । भूकम्पको भय र क्षतिले देश स्तब्ध छ । यस्तो बेला व्यवस्था चिनिँदो रहेछ, छिमेकी चिनिँदो रहेछ र लाएको गुन तिर्नेहरु वा पैँचो दिनेहरु भेटिँदा रहेछन् । मानवीय सहयोगका खातिर विश्व जुट्न खोज्दा आफै भित्र लोभ र स्वार्थले टुटेका अनुहारहरु पनि देँखिदारहेछन् । भनिन्छ कठिन समयमै मानिसको सामर्थ्य वा कमजोरीको पहिचान हुने हो । भूकम्पको त्रासदीका बीच यस्ता मान्छेहरु र बुँख्याचाहरुको लेखाजोखा गरेँ मैले पनि यसपालि ।
भूपिको हल्लैहल्लाको देश कविता कुनैताका पढेको थिएँ, यसपालि अनुभूत पनि गरेँ । थरिथरिका मान्छे देखिए । राजनैतिक नेतृत्व तथा सत्ता सुझबुझका पत्रहरु पनि छ्वाङ्ङै देखिए । आम निराशाको वायु बहँदाको प्रभाव असरल्ल देखियो जताततै । आफ्नो स्वतन्त्रता र झुण्डमा केन्द्रित असंवेदशील बन्दो एक उमेर समूहका युवा युवतीका भाँति भाँति व्यवहारहरु देखिए । त्यसो त पीडाले पोखिएका असंख्य मनहरु पनि भेटिए । यी र यस्तै अनेक प्रवृत्ति र चरित्रका मान्छेहरुको बीचमा चिन्दै बुझ्दै आएको एक पात्रले मेरो ध्यान विशेषरुपमा खिच्यो । फरक व्यवहारको प्रतिनिधि भएर देखियो–अभय यतिबेला।
त्यसो त जीव जन्मेकै दिनदेखि उसँग एक जीजीविषा हुन्छ । त्यस्तो रहर, आकांक्षा र चाहनाको सिलसिला विभिन्न माध्यम र अवसर विशेषमा अलि प्रष्ट देखिने पनि रहेछ । चोट वा शोक पर्दा बालवयमा निस्किने च्याँ च्याँ वा सुक्क सुक्कका अभिव्यक्तिहरु फेरिएर कालान्तरमा मन मुटुका कम्पन बनिदिँदा रहेछन् । सतहमा नदेखिने भौगर्भिक प्लेटहरूबीचको चापजस्तेा । त्यस्तै गरी कुनै समयका सतही रहरहरू उमेरसँगै लोभमा बदलिँदा रहेछन् । यी विविध अभिव्यक्तिका रुपहरू फेरिए पनि सारमा भने उही हुँदो रहेछ जीवन–एक जीजीविषा अनि फगत् तृष्णा । त्यही भूलभूलैया नै रहेछ शायद जीवन । तर तृष्णाका पनि फरक फरक म्याग्निच्युड र समयअनुसारका रङ्ग हुँदारहेछन् क्यार। अघिपछिको एउटा बेजोड जीजीविषा, प्रस्तुति र व्यक्तित्व बोक्ने अभय यसपाली भने अर्कै भूमिकामा देखियो । हुन त आम मानिसको जीवनको सिलसिला जति व्यतित हुँदै जान्छ, शायद त्यति त्यति उसले सत्य स्वीकार गर्दै जान्छ क्यार । जीवनको कटुसत्य उद्घाटन हुँदा मान्छे सहजै पचाउन सक्दैन भनिन्छ ।  यस्तो सत्यको अन्तर्यबारे गहनरुपमा तत्वबोध हुन नसके केवल भयमात्र महसुस गर्छ रे मान्छेले । एक बालकले भयानक भूतको डर पालेजस्तो ।
सामान्यतया विज्ञान र कर्मका बान्कीहरु जोडेर आफ्ना समकक्षीहरुमाझ असाधारण देखिने अभय यो भूकम्पीय त्रासदीको बेला घरी अत्यासका, घरी भाग्यवाद, त घरी निराशाका स्वरहरु निकाल्छ । उसको व्यक्तित्वको “मेजर शक” र प्रस्तुतिका “आफ्टर शक”हरुबीच तादाम्य देखिन्न हिजोआज–गत बैशाख १२को भूकम्प र सोपश्चातका पराकम्पनहरुजस्तो । 
गाह्रो साह्रो पर्दा अभय प्राय सबैको सान्त्वनाको स्रोत थियो हिजोसम्म । समकक्षीहरुले आफूभित्रका निराशा, त्रास, पीडा र असहायपनका स्वर निकाल्दा ऊ जीवनका सन्तोष र उपेक्षित उपलब्धीका रंगहरु देखाउँथ्यो उनीहरूलाइ । अशक्त एवम् अनाथहरुसँग तुलना गराई जीवन बाँच्नै पाएको कुरा लिएर पनि नाफाको जिन्दगीको परिभाषा गर्दथ्यो । विविध खाले डर र चिन्ताले आफ्नो ढ्याङ्ग्रो बजिरहे पनि ऊ अरुलाई डराउनु हुन्न, संयम राख्नुपर्छ, आखिर जाने त रित्तै हो नि भन्थ्यो । तर आज यी सबै प्रस्तुतिहरुमा एकाएक बदलाव देखिएको छ उसमा । बारम्बारको भूकम्पनसँग उसका विश्वास र आशा डगमगाएका प्रतीत हुन्छन् ।  सन्तोष र कर्मका सानामसिनै तिन्काहरु समेत बटुल्न सिपालु अभय आज भय र भाग्यका कुरा गर्छ । गुँड निर्माणार्थ व्यस्त भँगेराजस्तै चुच्चोमा केही न केही बोक्ने धूनमा देखिने अभय एक भयानक तथा दुर्बोध्य डरले गहिरो पीरमा देखिन्छ हिजोआज । भूकम्प पीडितहरुका घाउमा सबैले मलम लगाउन खोज्दा सक्रिय हात दिइरहेको छ उसले पनि । तर आफ्नो उन्मुक्त हाँसो र निर्भय व्यक्तित्व कतै गुमाएको छ उसले । भुँइचालका प्रत्येक कम्पनहरुसँगै जीवनप्रतिको आशक्ति र मोहको कलेवर फुंग उडेको छ उसको अनुहारबाट । यसको ठिक उल्टो । म डरपोक बरु जसोतसो साहस बटुल्दैछु । अन्यथा भूच्चुक पनि म उज्यालो जूनको कुरा सोच्दैछु । भूकम्पीय आफ्टर शकका पनि कति फरक फरक प्रभावहरू खै । परख गर्दैछु आज । र म सोच्दैछु पनि –खग्रासै सही ग्रहण त ग्रहणै हो अल्पकालको, त्यसपछि उज्यालो नभई अरु के हुन्छ र ? रातपछि बिहान नभएर सुख छ र ? 
- See more at: http://radiokantipur.org/kantipur-diary/15209/%E0%A4%86%E0%A4%AB%E0%A5%8D%E0%A4%9F%E0%A4%B0-%E0%A4%B6%E0%A4%95%E0%A4%95%E0%A4%BE-%E0%A4%AB%E0%A4%B0%E0%A4%95-%E0%A4%AB%E0%A4%B0%E0%A4%95-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5/#sthash.6AR4m74D.dpuf