फुलेर ग्रीष्ममा जो अपवाद बन्छ
हाँसको बथानमा जो बकुल्लो हुन्छ
सपना समेटी फूलका जो हार उन्छ
त्यही हारमा ऊ स्वयं सजिन्छ
सुनामी खेप्छ जो डटेर लड्छ
पछारिए पनि ऊ जुरुक्क उठ्छ
त्यही शिल्पी हो जो हर गीत गाउँछ
त्यही कला हो उसको–ऊ हाँसेर रुन्छ ।।।
Friday, July 30, 2010
Monday, July 12, 2010
सुपरम्यान
तिम्रो दावी छ–
तिमी एक्काइसौं शताब्दीको पुस्ता
सुपरसोनिक स्मार्टनेस
अनि ब्याक अप सहितको व्यक्तित्व
हजारौं जीबीको तिम्रो मस्तिष्क
र अपरिमित रफ्तारसहितको
तिम्रो कार्यक्षमता आदि इत्यादि ।
तर
तिम्रो दावीमा मलाई शंका छ
र घुर्कीमा मेरो दावी विरोध पनि
किनकि
तिम्रा असाधारण जूमिङ लेन्सहरुले
मेरा परेलीका डीलहरुले
च्छो रोल्पा थेग्दा पनि देख्दैनन्
मन मुटु कुँडिएर ह्याङ्ग हुँदा पनि
तिम्रा ट्रबलशूटिङ्का तथाकथित उपायहरु
कुनै काम लाग्दैनन् ।
मेमोरी नै क्षीण गराउने
तिमीले सिर्जेका दुखाईहरु
अनि तिनका हाई रिजोलुसन तस्विरहरु
तिम्रा एक क्लिकका डिलीट बटनले
परमानेन्टली हटाउन सक्दैनन्
न त तिम्रा फर्म्याटिंग अटेम्प्टले नै
केही लछारपाटो लाउँछन् ।
आफ्नै बाबु बाजेकोसम्म इतिहास
सेभ गर्न सक्दैनौ तिमी
र पनि घमण्ड गर्छौ
आफ्नै ब्याक अप क्षमताको ?
तिम्रा इन्कम्प्याटिबल प्रोग्रामहरुसहितका
अपलोडिंग तथा डाउनलोडिंगको
भार थेग्न नसकी
पूरै रि–इन्सटल गर्नुपर्दा पनि
तिमी बुझ्न सक्दैनौ मेरो गति
र पनि घुर्की लाउँछौ
सुपरसोनिक पर्सनालिटीको ?
अणु परमाणु हेर्ने माइक्रोस्कोप
अनि ब्रम्हाण्ड हेर्ने टेलिस्कोप
खै के के जाति अरु यस्तै
उड्ने गुड्ने आविष्कार के गर्यौ तिमीले
बस् सभ्यतालाई किलोग्राममा जोख्न थाल्यौ तिमी
मनलाई यन्त्र देख्न थाल्यौ तिमी
हुँदा हुँदा बाजे–बराजेहरुलाईसमेत
आउट्डेटेड रामापिथेकस भन्न थाल्यौ तिमी ।।
ठिकै छ सुपरम्यान
माकुरा जस्तो सीपको आडम्बरमा
तिमी भर्चुअल आनन्दकै आत्मरति पाल्छौ भने
म आदिम भएरै बाँच्न चाहन्छु
र आउट्डेटेडकै पदवी सम्हाल्छु
किनभने
मलाई थाहा छ
जीवन र जगत
तिम्रो स्पेयर पार्टस् जस्तो हेराइमा होइन
समष्टिमा बुझिन्छ
र यसको परम आनन्द पनि
तिम्रो टुक्रे गणितमा होइन
अन्तहीन कलामा पाइन्छ ।।।
तिमी एक्काइसौं शताब्दीको पुस्ता
सुपरसोनिक स्मार्टनेस
अनि ब्याक अप सहितको व्यक्तित्व
हजारौं जीबीको तिम्रो मस्तिष्क
र अपरिमित रफ्तारसहितको
तिम्रो कार्यक्षमता आदि इत्यादि ।
तर
तिम्रो दावीमा मलाई शंका छ
र घुर्कीमा मेरो दावी विरोध पनि
किनकि
तिम्रा असाधारण जूमिङ लेन्सहरुले
मेरा परेलीका डीलहरुले
च्छो रोल्पा थेग्दा पनि देख्दैनन्
मन मुटु कुँडिएर ह्याङ्ग हुँदा पनि
तिम्रा ट्रबलशूटिङ्का तथाकथित उपायहरु
कुनै काम लाग्दैनन् ।
मेमोरी नै क्षीण गराउने
तिमीले सिर्जेका दुखाईहरु
अनि तिनका हाई रिजोलुसन तस्विरहरु
तिम्रा एक क्लिकका डिलीट बटनले
परमानेन्टली हटाउन सक्दैनन्
न त तिम्रा फर्म्याटिंग अटेम्प्टले नै
केही लछारपाटो लाउँछन् ।
आफ्नै बाबु बाजेकोसम्म इतिहास
सेभ गर्न सक्दैनौ तिमी
र पनि घमण्ड गर्छौ
आफ्नै ब्याक अप क्षमताको ?
तिम्रा इन्कम्प्याटिबल प्रोग्रामहरुसहितका
अपलोडिंग तथा डाउनलोडिंगको
भार थेग्न नसकी
पूरै रि–इन्सटल गर्नुपर्दा पनि
तिमी बुझ्न सक्दैनौ मेरो गति
र पनि घुर्की लाउँछौ
सुपरसोनिक पर्सनालिटीको ?
अणु परमाणु हेर्ने माइक्रोस्कोप
अनि ब्रम्हाण्ड हेर्ने टेलिस्कोप
खै के के जाति अरु यस्तै
उड्ने गुड्ने आविष्कार के गर्यौ तिमीले
बस् सभ्यतालाई किलोग्राममा जोख्न थाल्यौ तिमी
मनलाई यन्त्र देख्न थाल्यौ तिमी
हुँदा हुँदा बाजे–बराजेहरुलाईसमेत
आउट्डेटेड रामापिथेकस भन्न थाल्यौ तिमी ।।
ठिकै छ सुपरम्यान
माकुरा जस्तो सीपको आडम्बरमा
तिमी भर्चुअल आनन्दकै आत्मरति पाल्छौ भने
म आदिम भएरै बाँच्न चाहन्छु
र आउट्डेटेडकै पदवी सम्हाल्छु
किनभने
मलाई थाहा छ
जीवन र जगत
तिम्रो स्पेयर पार्टस् जस्तो हेराइमा होइन
समष्टिमा बुझिन्छ
र यसको परम आनन्द पनि
तिम्रो टुक्रे गणितमा होइन
अन्तहीन कलामा पाइन्छ ।।।
Subscribe to:
Comments (Atom)