सिंगो देश बन्दको रगंमञ्च बनेको बेला
म एक अमूक पात्रको
अभिनय रिहर्सल गर्न
नि :शब्द, निर्निमेष
उभिएको छु
रगंमञ्चको एक किनारमा ।
आफ्ना विवेक चाहना र दृष्टिकोणसमेत
प्रपञ्चको शिकार हुने सकेंत आइरहँदा
निष्पाप बबुरो म पात्र
भारी मनका साथमा
अन्तिम अभिनयका लागि
उभिएको छु
रगंमञ्चको एक किनारमा ।
उच्चाहटपूर्ण कोलाहल
स्वर्णिम माछोको छिनाझपटी
नीरव तलाउमा बम कार्तुसको खेती
परिणाम कानेजाली फुटेर
टोलाएका कलहसंहरुको ताँती
सिगों सग्ला देखिए पनि
धुजा धुजा भएका
आस्थावान मनहरुको पृष्ठभूमि
बस् यही परिस्थितिमा
अन्तिम अभिनयका लागि
उभिएको छु म आज
रगंमञ्चको एक किनारमा ।
त्रासदीपूर्ण रिहर्सलमाझ
विभत्स दृष्यको मञ्चन अगावै
हराएको छ मेरो बोली आज
बोली बन्द हुँदाको दागा धरेर
दिक्काल गम्दै बिलखबन्दमा परेर
बुख्याचा बनाइँदाको कठोर ऐंठनमा
अन्तिम अभिनयका लागि
उभिएको छु म आज
रगंमञ्चको एक किनारमा ।
कल्पेर संकटाभिमुख नियति
अनि बन्दका मीठा शिकार
मेरा विचार र बोली
अनि पेटमा लादिने नाकाबन्दी
र एक निम्छरो जिजीविषामा
अमूक अभिनय नै
निर्विकल्प उपाय सम्झी
अन्तिम अभिनयका लागि
उभिएको छु म आज
रगंमञ्चको एक किनारमा ।।
Comments received:
1.Krishna Chalisey, Shrisha Shrestha, Mohan Nath and 3 others like this.
2.Mohan Acharya: This poem is really a piece present reality in which we have been living any way......Keep it up
3.Satya Chaudhary Dherai bhawuk hunu pardain, Bhrata. Sahamati kojaun hai!
4.Krishna Prasad Subedi श्चच्छन्दतावादको उत्कृष्ट रचनामा डुबेको वरतामानको पृकृत आयाम जुन १० मास पछि जन्मेको सुन्दर फुल, भावनाको उच्च झङ्कार, परिवेसको सम्वाहक र परिष्कृत शैलीको एक कवितात्मक कविता हो !!!!!!!!!!!
5. Mohan Nath यो लेख साह्रै राम्रो लाग्यो जहाँ अन्स्रु अनि अग्नी का मूल हरु एकत्र छन् जहाँ राष्ट्र भाब छर्लङै भएको महशुस गरेको छु भने ऊता कुना को उभ्याइले राको दन्कआउछ त्यो कोमल हृदय मा पनी, साच्चैनै यो अकलुशित हृदयले उद्गार गरेको शब्द माल! हरु सधैं यसरी नै सजिरहोस् उही तपाईं को।।।।।।।।।
6. Basanta Gautam: सही कुरा गर्नुभयो। हामीलाई केवल निरीह दर्शकमा सीमित गरिदिएका छन् खलनायकहरुले।
राम्रो कविता!
7. इन्द्रध्वज क्षेत्री: Well done bro... It's ice. Keep it up...
8. इन्द्रध्वज क्षेत्री :न गरी खाने न मरी जाने माकुने सरकार.....1
9. Buddhi Tamang: reflects the poetic image of the ongoing phenomenon............thanx to the heart which inflamed the words and got the shape of poetry....
10. Manju Mishra: ho ta ushko na afno thos adan nai cha saidantic rupma Nep cong ra emale cabel nam matra farak party ho communist nam rakhera communist hune bhaye ta ........
11.Kedar Bhattarai देश दुख्ता मन दुखेको नेपालीको प्रतिनिधि कविता । सधैँभरि रिहर्सलमा मात्र पिल्सिनु पर्ने नेपाल र नेपालीको नियतिमाथिको सशक्त प्रस्तुति ।