Friday, November 6, 2009

कपर–टी र कपटीहरु


04Nov2009 at 13:30 Edit note Delete
कपर–टी अनि कपटी
एउटा गर्भ निरोधको अस्थायी उपाय
अर्को सत्यको विरोधको तीतो पर्याय
सारमा दुवै अवरोधहरु
उद्देश्यहरु भने नितान्त फरक ।

एउटाले जनसंख्याको व्यवस्थापनार्थ
प्रजननको गति रोक्न खोज्छ
अर्कोले स्वार्थपूर्तिका निम्ति
सत्यजति सबै थुन्न खोज्छ ।

इतिहाससँग दुवैको सम्बन्ध
क:ज एन्ड इफेक्टको प्रमाणित नाता
त्यसैले त,
हिजोका कपर–टीहरुले काम नगर्दा
ठूलै खति भएको छ यहाँ
अनवान्टेड प्रेगनन्सीका कारण
जन्मिएका छन् बहुमतमा कपटीहरु
र त, आज जताततै
तिनकै विगविगी
अनि हालीमुहाली छ ।

मेरा परिपक्व देशवासी हो
चेतौं अब त,
अव्बल दर्जाका
कपर–टी खोजौं बरु
अनि बेजोडको खोकाइले
रोमान्सका अवयवहरुले
नफुत्कियोस् 'टी‘
नचिप्लियोस् 'कपर‘
निरन्तर निगरानी बढाउँ अरु
किमार्थ केही सीप लागेन भने
कपूत कपटीहरु जन्माउनुभन्दा
स्थायी बन्ध्याकरण रोजौं बरु ।